पाैडेल समूहकाे भेला : ‘सभापतिकाे उम्मेदवार सहमतिमै छान्नुपर्छ’

 असार ११, २०७८ शुक्रबार १९:४१:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली कांग्रेसको महाधिवेशनको मिति नजिकिएसँगै नेताहरूले आ–आफ्नो समूहको भेला तथा बैठकलाई तीव्रता दिएका छन् । 

शुक्रवार नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको भेला काठमाण्डाैकाे एक पार्टी प्यालेसमा भएको छ । भेलामा वरिष्ठ नेता पौडेलसहित महामन्त्री शशाङ्क कोइराला, शेखर कोइराला, गगन थापा, प्रकाशमान सिंह, रामशरण महत, अर्जुननरसिंह केसीलगायत केन्द्रीय कमिटी सदस्यहरूको उपस्थिति रहेको थियो । 

भेलाले कांग्रेसको १४ औँ महाधिवेशनको सम्बन्धमा क्रियाशील सदस्यता छानबिन गरी छिट्टै टुङ्गो लगाउनुपर्नेमा जोड दिएको तथा सहमतिको उम्मेदवार छान्नका लागि ढिला गर्न नहुने सुझाव आएको नेता प्रकाशमान सिंहले बताउनुभयो ।

नेता अर्जुननरसिंह केसीले एकता कायम गरेर उम्मेदवार टुङ्गो लगाउनुपर्ने र जस्तो खालको परिस्थिति आए पनि सहमति निर्माण गर्नुपर्ने छलफलको अन्तिम निष्कर्ष रहेको बताउनुभयो ।

आफ्नो समूहको तर्फबाट कसले सभापतिको उम्मेदवारी दिने भन्ने विषयमा छलफलबाट निर्णय गरिने उहाँको भनाइ छ । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया