बेलायतमा फेरि सङ्क्रमण बढ्दै, सङ्क्रमितमध्ये ९० प्रतिशतमा डेल्टा भेरियन्ट पाइयो

 असार १३, २०७८ आइतबार ६:९:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - बेलायतमा फेरि कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेको छ । गएको २४ घण्टामा १८ हजार २ सय ७० जनामा सङ्क्रमण भएकाे पाइएको छ  । यो गएको फेब्रुअरी ५ पछिकै दैनिक भेटिने सङ्क्रमितको सङ्ख्या भन्दा सबैभन्दा धेरै हो  । कोरोनाका कारण गएको २४ घण्टामा थप २४ जनाको ज्यान गएको छ ।

सङ्क्रमणको सङ्ख्या बढेसँगै बेलायतमा तेस्रो लहरको जोखिम बढेको छ । त्यहाँ एक महिनायता दैनिक सङ्क्रमितको सङ्ख्या बढ्दै गइरहेको बीबीसीले जनाएको छ । बेलायतमा पाइएको सङ्क्रमणमध्ये ९० प्रतिशत डेल्टा भेरियन्ट रहेको स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।

कोरोना विरुद्धको खोपका कारण सङ्क्रमितमा गम्भीर लक्षण भने देखिने समस्या घट्दै गएको खबरमा उल्लेख छ । 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया