कोरोना खोपको दुई मात्रा फरक-फरक कम्पनीको लगाउँदा पनि प्रभावकारी हुने अध्ययनको दाबी

 असार १५, २०७८ मंगलबार ६:४७:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कोरोना भाइरसविरुद्ध लगाइने दुई मात्रा खोप फरक–फरक कम्पनीको लगाउँदा पनि राम्रो नतिजा आउने एक अध्ययनले दाबी गरेको छ । 

बेलायतमा गरिएको एक अध्ययन अनुसार कोरोना सङ्क्रमणलाई रोक्न एक व्यक्तिले फरक कम्पनीको खोप लगाउन सक्नेछन् । फाइजर र एस्ट्राजेनेकाका खोपमा पहिलो मात्रा एउटा कम्पनी र दोस्रो मात्रा अर्को कम्पनीको लगाउँदा प्रभावकारी देखिएको अध्ययनको निष्कर्ष रहेको छ । 

यो विधिमार्फत रोग प्रतिरोधात्मक क्षमतालाई थप बलियो बनाउने विज्ञहरुले दाबी गरेका छन्  । भ्याक्सिन आपूर्तिको समस्या भएका देशहरुमा यसको प्रयास गर्न सकिने बेलायतका अनुसन्धानकर्ताहरुले बताएका छन् । केही देशमा कोरोनाविरुद्ध खोपको पहिलो मात्रा र दोस्रो मात्रा फरक/फरक कम्पनीका दिन समेत थालिएको छ । 

स्पेन, जर्मनीलगायत देशहरुमा एस्ट्राजेनेकाको पहिलो मात्रा लिएका युवाहरुलाई दोस्रो मात्रा फाइजरको दिइएको छ । यस्तै भारतको उत्तर प्रदेशमा पर्ने सिद्धार्थ नगर जिल्लाको एक प्राथमिक केन्द्रमा पनि पनि केही मानिसमा दुई कम्पनीको खोप दिइएको थियो । 

गएको अप्रिलमा २० जनालाई कोभिष्टेलको पहिलो मात्रा दिइएको थियो भने दोस्रो मात्रा कोभ्याक्सिनको दिइएको थियो । उनीहरुलाई फरक कम्पनीका खोप दिनेबित्तिकै तत्काल अनुसन्धान गर्न आदेश दिइएको बीबीसीले जनाएको छ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया