भेनेजुएलामा कोरोनाविरुद्धको खोप अभियान शुरु

 असार १६, २०७८ बुधबार ६:४३:२४ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – भेनेजुएलामा कोरोना भाइरसविरुद्धको खोप अभियान शुरु भएको छ । राजधानी काराकासमा सरकारी अधिकारीले व्यापक खोप अभियान शुरु गरेका हुन् ।

भेनेजुएलाले यस अभियानमा क्युबामा निर्माण गरिएको अब्दला खोप प्रयोग गरेको सिन्ह्वाले जनाएको छ । क्युबा र भेनेजुएलाबीच भएको एक करोड २० लाख डोज खोप सम्झौता अनुसार झण्डै ४० लाख भेनेजुएलाका नागरिकलाई खोप दिन पुग्नेछ । क्युबामा निर्मित अब्दला खोप तीन डोज लगाउनुपर्छ ।

पहिलो चरणमा ३० लाख डोज खोप भेनेजुएला पुगेको र यसबाट १९ देखि ८० वर्षका १० लाख व्यक्तिलाई खोप दिन सकिने बायोक्युबाफर्माका प्रतिनिधि पेड्रो अल्मेन्डेर्सले बताएका छन् । क्लिनिकल परीक्षणमा अब्दला खोपले नयाँ भेरिएन्ट समेतमा काम गर्ने र यो खोप ९२ प्रतिशत प्रभावकारी रहेको उत्पादक कम्पनीको दाबी छ

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया