सोलुखुम्बुमा ६ सय बढी घर पहिरोको जोखिममा

 असार १७, २०७८ बिहिबार ११:२९:३२ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु - सोलुखुम्बुमा ६ सयभन्दा बढी घर पहिरोको उच्च जोखिमा परेका छन् । सोलुदुधकुण्ड नगरपालिका–७ गार्मामा २५ घर पहिरोको जोखिममा रहेका नगरपालिकाले जनाएको छ । यस्तै वडा नम्बर १ को नुनथला बजार र सोलुखोला आसपासका क्षेत्रमा पनि जोखिम रहेको मेयर नाम्गेल जाङ्बु शेर्पाले बताउनुभयो  । 

यस्तै, थुलुङ दुध कोशी गाउँपालिकाको  वडा नम्बर ७ को लुरुवा, वडा नम्बर ९ को लिखेप, फलाटे, वडा वडा नम्बर ३ पञ्चन, वडा नम्बर १ नेलेका ५० भन्दा बढी घर पहिरोको उच्च जोखिममा रहेको गाउँपालिकाले जनाएको छ । लिखुपिके गाउँपालिकामा पनि झण्डै ५५ घर पहिराेकाे जोखिममा परेका गाउँपालिका अध्यक्ष डम्बरबहादुर बस्नेतले जानकारी दिनुभयो ।

उहाँका अनुसार गाउँपालिकाको मेस्की र एर्माखुमा गरी ५५ घर पहिराेकाे जोखिममा परेका छन् । राहत तथा उद्धारका लागि हरेक वडा वडामा उद्धार सामग्री, राहत लगायतका सामग्रीको व्यवस्थापन भइसकेको छ । माप्य दुध कोशी गाउँपालिकाको वाप्सामा रहेको तामाखानी क्षेत्र, बोधु, अँधेरी, लगायतका ३ सयभन्दा बढी घर पहिरोको जोखिममा रहेको गाउँपालिका प्रवक्ता तेजबहादुर मगरले जानकारी दिनुभयो ।

 सोताङ गाउँपालिकामा भने ४ घरधुरी जोखिममा रहेका गाउँपालिकाले जनाएको छ । विगतमा जोखिम परेका ठाउँहरुमा तारजाली,पर्खाल लगाउने काम गरिएको गाउँपालिका अध्यक्ष वीरबहादुर राईले बताउनुभयो ।  खुम्बुपासाङ ल्हामु गाउँपालिकामा खुम्जुङ, खुन्दे, इम्जा र फेरुचे लगायतका क्षेत्रमा पहिरोको जोखिम रहेको  गाउँपालिकाले जनाएको छ ।

 नेचा सल्यान गाउँपालिकाको बतासे, पातीखर्क र बोरोरे क्षेत्रमा पहिरोको जोखिम रहेको गाउँपालिका प्रवक्ता धर्मध्वज खत्रीले जानकारी दिनुभयो । सडक निर्माण र खोला नजिकै घर बनाएकाले पहिरोको जोखिम बढेको उहाँको भनाइ छ । 

५ सय रोपनी खेतीयोग्य जमिन र  १ सय हेक्टर वन क्षेत्र पहिरोको उच्च जोखिममा

साेलुखुम्बुमा ५ सय रोपनी खेती योग्य जमिन र  १ सय हेक्टर जङ्गल समेत पहिरोको उच्च जोखिममा रहेको जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क छ ।  नेपालका ७७ जिल्लामध्ये सोलुखुम्बु विपद् जोखिमको २३ औं स्थानमा रहेको छ।

जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुका अनुसार वार्षिक रुपमा २५ घरपरिवार पहिरोका कारण विस्थापित हुने गरेका छन् । सोलुखुम्बुका प्रमुख  जिल्ला अधिकारी एवं जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक गणेश विक्रम शाहीले सबै पालिकासँग  समन्वय गरी जोखिम  रोकथाम, राहत तथा उद्धारका लागि तयारी अवस्थामा रहेको बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया