पाहुनाले देख्ने ठाउँ सजाएर चिटिक्क

 भदौ १२, २०७५ मंगलबार ८:१४:३८ | बेदानन्द जाेशी
unn.prixa.net

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मुख्यद्वारबाट बाहिर निस्कनासाथ दुईवटा ठूला स्वागतद्वार राखिएका छन् ।

 स्वागतद्वारमा कलात्मक एवं पुरातात्विक महत्वका मन्दिरको तस्बिर सजाइएको छ । यस्तै बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) राष्ट्रका राष्ट्र प्रमुख र सरकार प्रमुखको तस्वीर राखिएको छ । अर्को स्वागतद्वारमा बौद्धनाथ स्तूपको कलात्मक गजुर सहितको बिम्स्टेक राष्ट्रका झण्डाले सजाइएको छ । स्वागतद्वारमा लेखिएको छ– बुद्धको जन्मभूमि नेपालमा स्वागत छ, सगरमाथाको भूमिमा स्वागत छ । 

सडकका ठाउँठाउँमा यसैगरी स्वागतद्वार र बोर्ड राखिएको छ । कतै विश्वको सर्वोच्च शिखर सगरमाथाको तस्वीर राखिएको छ भने कतै डाँफे, मुनाल र हिमाली क्षेत्रको आकर्षक तस्बिर राखिएको छ । देशका बिभिन्न ठाउँका कला तथा संस्कृति झल्कने तस्बिर ठाउँठाउँमा सजाइएको छ । 

बिमस्टेकको औपचारिक उद्घाटनस्थल सोल्टी होटल, पहुनाको स्वागतका लागि आयोजना हुने रात्रिभोज हुने हायात होटलसम्मको सडकलाई झकिझकाउ बनाइएको छ । विमानस्थलबाट तीनकुनेसम्म नेपालको कला संस्कृति, पुरातात्विक सम्पदा, राष्ट्रिय जनवार, पक्षी आदि झल्कने तस्बिरले सजाइएको छ । 

तीनकुनेको खाली चौरबाहिर पर्खालजस्तो देखिने आकर्षक बोर्ड राखिएको छ । पाहुनाको स्वागतका लागि रङरोगन र सरसफाइको जिम्मा लिएको काठमाडौँ महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले स्वागतका लागि सबै तयारी पूरा भएको जानकारी दिनुभयो । 

भदौ १४ र १५ गते  हुन लागेको विम्स्टेकको चौथो शिखर सम्मेलनको तयारीको लागि सहरलाई झिलिमिली पार्ने काम भइरहेको हो । विमानस्थलदेखि सोल्टी होटलसम्मका सडकहरु पीच गर्ने, रङ्ग्याउने, छेउछाउ बढार्ने, पोलमा अल्झेका अनियन्त्रित तारहरुलाई व्यवस्थित गर्ने तथा फोहोरका डंगुरहरु व्यवस्थापन गर्ने जस्ता काम  भइरहेका छन् ।

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

बेदानन्द जाेशी

उज्यालाेमा कार्यरत बेदानन्द जाेशी वैदेशिक रोजगारी र समसामयिक विषयमा कलम चलाउनुहुन्छ। 

तपाईको प्रतिक्रिया