पहिरोले म्याग्दी र मुस्ताङ जोड्ने राष्ट्रिय राजमार्ग बन्द

 असार २३, २०७८ बुधबार १३:२१:० | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी - लगातारको पानीले बेनी–जोमसोम–कोरला सडक खण्डको विभिन्न ठाउँमा पहिरो खसेको छ। पहिरोले म्याग्दी र मुस्ताङलाई जोड्ने राष्ट्रिय राजमार्ग बेनी–जोमसोम–कोरला सडक खण्डअन्तर्गत विभिन्न चार ठाउँमा पहिरो खसेर सडक बन्द भएको हो । पहिरोले म्याग्दीको रघुगङ्गा गाउँपालिका–३, गलेश्वर, चमेरे, रघुगङ्गा–१, बेगखोला र अन्नपूर्ण–३, दानामा बेनी–जोमसोम–कोरला सडक खण्ड बन्द रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । 

सडक माथिबाट खसेको लेदो, ढुङ्गामाटो र गेगरसहितको बाढी तथा पहिरोले सडक हिलाम्मे भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङले बताउनुभयो । यसैगरी पश्चिम म्याग्दीको मङ्गला, मालिका र धवलागिरी गाउँपालिका जोड्ने बेनी–दरबाङ सडक खण्ड पनि पहिरोले बन्द भएको छ । 

सडकभन्दा माथिबाट खसेको पहिरोले बेनी नगरपालिका–४, घुमाउनेभीर तथा मालिका–६, दरबाङको बाङ्गे पहिरो भन्ने ठाउँमा सडक बन्द भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी समेत रहनुभएका प्रहरी निरीक्षक गुरुङले जानकारी दिनुभयो ।

बन्द सडक खुलाउन प्रयास गरे पनि निरन्तर पानी परिरहेको र सडकमा लेदो बगिरहेकाले समस्या भइरहेको उहाँले बताउनुभयो। त्यस्तै बेनी–पोखरा सडक खण्डअन्तर्गत पर्वतको कुश्मा नगरपालिका–८ सुन्दरेखोलामा आएको बाढीका कारण गएरातिदेखि नै यो सडक खण्ड पनि अवरुद्ध बनेको छ । 

वर्षाले सुन्दरेखोलामा बाढी आएपछि निर्माणाधीन मध्यपहाडी राजमार्गमा क्षति पुर्याएको छ भने सडक अवरुद्ध भएको छ। अवरुद्ध सडक खुलाउनका लागि आवश्यक पहल भइरहेको पर्वतका प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले बताउनुभयो ।

 गएराति म्याग्दीको मङ्गला गाउँपालिका–५ अर्मनको छिस्बाङ खहरे खोलामा बाढीका कारण आएको पहिरोले घर बगाउँदा दुई जनाको ज्यान गएको छ ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया