म्याग्दीमा बाढी–पहिरोबाट सात घर परिवार विस्थापित, बन्द राजमार्ग खुल्यो

 असार २३, २०७८ बुधबार २०:९:३४ | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी – मङ्गलवार राति परेको पानीसँगै आएको बाढी र पहिरोका कारण म्याग्दीको मंगला गाउँपालिका ५ अर्मन छिस्बाङमा ६ घर विस्थापित भएका छन् । बस्ती नजिकै खहरे खोलामा आएको बाढीले ६ घर परिवार विस्थापित भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यसैगरी मालिका गाँउपालिका–६ दुखुमा पनि वर्षाकै कारण एक घर परिवार विस्थापित भएका जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) वीरेन्द्रराज गुरुङले जानकारी दिनुभयो । छिस्बाङ र दुखुमा गरी सात घर परिवारका २६ जनालाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको छ ।

यस्तै बाढी र पहिरोका कारण बन्द भएको म्याग्दी र मुस्ताङलाई जोड्ने राष्ट्रिय राजमार्ग बेनी–जोमसोम–कोरला सडक खण्ड अहिले सञ्चालनमा आएको छ । सडकभन्दा माथिबाट खसेको पहिरोले पुर्‍याएकाे अवरोधलाई हटाएपछि सडक सञ्चालनमा आएको प्रहरी निरीक्षक गुरुङले बताउनुभयो । बाढी र पहिरोले रघुगंगा गाउँपालिका–३, गलेश्वर, चमेरे, रघुगंगा–१, बेगखोला र अन्नपूर्ण–३, दानाको रुप्से खोलामा सडक बन्द भएको थियो । 

पश्चिम म्याग्दीको मंगला, मालिका र धवलागिरि गाउँपालिका जोड्ने बेनी–दरबाङ सडक खण्ड पनि फेरि सञ्चालनमा आएको छ । 

यस्तै बाढी पहिरोका कारण बन्द बेनी–पोखरा मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वतको कुश्मा नगरपालिका ८ सुन्दरे खोलाको सडक खण्ड पनि बुधवार दिउँसोदेखि खुलेको छ । सडक निर्माणको जिम्मा लिएको लामा कन्ट्रक्शनको हेभी इक्विपमेन्ट प्रयोग गरेर सडक खुलाइएको पर्वतका प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले बताउनुभयो । 

पश्चिम म्याग्दीको मंगला गाउँपालिका–५ अर्मनको छिस्बाङ खहरे खोलामा आएको पहिरोले घर बगाउँदा दुई जनाको ज्यान गएको छ ।  

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया