जसपाले तीन मन्त्रीलाई फिर्ता बोलायो, राजेन्द्र श्रेष्ठलाई भने नि...
असार २०, २०७९ सोमबार
२६ वर्षीय उनले दुई वर्षअघि वैदेशिक रोजगारीमा गएका श्रीमानलाई गुमाइन् । दुई बालबच्चा छन् । श्रीमान् बितेपछि उनलाई कति समय त आफ्नै घरमा बस्न पनि गाह्रो भयो । डर लाग्ने, पिर चिन्ता हुने, समाजले पनि हेला होचो गर्ने गर्दा उनलाई रातभरि निद्रासमेत लागेन । तर नियमित मनोपरामर्शपछि अहिले उनी बिस्तारै अघि बढाउँदै छिन् । समाजले उनलाई हेर्ने दृष्टिकोण अहिले पनि साही छैन । तर मनोपरामर्शपछि भने आजकाल उनी आफ्नो बाटोमा अघि बढ्न समाजसँग डराउँदिनन् ।