एक मात्रा मात्रै लगाउँदा हुने १५ लाख खोप अमेरिकाबाट आउँदै

 असार २८, २०७८ सोमबार ८:३९:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अमेरिकाले उपलब्ध गराएको जोनसन एन्ड जोनसन खोपको १५ लाख मात्रा आज नेपाल ल्याइँदैछ । अहिले बिहान ९ बजेसम्म खोप काठमाण्डौ आइपुग्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । अमेरिकाले कोभ्याक्स सुविधामार्फत उपलब्ध गराइएको खोप औपचारिक कार्यक्रम गरेर आज नेपाल सरकारलाई हस्तान्तरण गर्ने तयारी छ ।

यो खोप एक मात्रा मात्रै लगाउँदा पुग्छ । यसअघि चीनबाट खरिद गरिएको ८ लाख मात्रा भेरोसेल खोप आइसकेको छ । चीनबाटै थप आठ लाख खोप आउँदो शुक्रवारसम्म ल्याउने तयारी छ । चीनबाट ल्याइएको भेरोसेल र अमेरिकाबाट आउँदै गरेको जोनसोन खोप के कसरी वितरण गर्ने भनेर सरकारले निर्णय गरिसकेको छैन ।

यसअघि निर्धारण गरिएको प्राथमिकताको आधारमा ६० वर्षमुनि उमेर समूहकालाई भेरोसेल खोप लगाउने स्वास्थ्य मन्त्रालयको तयारी छ । अमेरिकाबाट नेपालले पाउने जोनसन एन्ड जोनसनको खोप भने वैदेशिक रोजगारीमा जान सुनिश्चित भएका कामदार, शिक्षकसहित अग्रपङ्क्तिमा खटिने पेशाकर्मी र ५० देखि ५५ वर्षको उमेर समूहलाई दिने प्रस्ताव गरिएको छ ।

यसबारे केही दिनभित्रै निर्णय हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा अहिलेसम्म ४२ लाख ४८ हजार खोप आएको छ । आठ लाख ५१ हजार ३०० जनालाई दोस्रो मात्रा र २६ लाख ११ हजार ८०७  जनालाई पहिलो मात्रा खोप लगाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया