थप २३ सय ९८ जनामा कोरोना सङ्क्रमण पुष्टि, २ हजार ७८ जना निको

 असार २९, २०७८ मंगलबार १६:३१:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - पछिल्लो २४ घण्टामा थप दुई हजार तीन सय ९८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सात हजार ५८ नमुनाको पीसीआर परीक्षण गर्दा एक हजार ६ सय ३९ र तीन हजार नौ सय ५४ जनाको एन्टिजेन परीक्षण गर्दा सात सय ५९ गरी दुई हजार तीन सय ९८ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या सात लाख तीन हजार आठ सय ५६ पुगेको छ । यस्तै थप दुई हजार ७८ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख २३ हजार एक सय पाँच पुगेको छ । पछिल्लो २४ घण्टामा थप १२ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या नौ हजार चार सय १२ पुगेको छ ।

नेपालमा अहिले २६ हजार दुई सय ६१ जना सक्रिय सङ्क्रमित रहेका छन् । 

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया