बेनी–दरबाङ सडक खुल्यो, बेनी–जोमसोम र बेनी–पोखरा सडक खण्ड फेरि बन्द

 असार ३०, २०७८ बुधबार १४:२०:४५ | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी – निरन्तरको वर्षाका कारण गर्दा पहिरो खसेर बन्द बनेको बेनी–दरबाङ सडक फेरि सञ्चालनमा आएको छ । पश्चिम म्याग्दीको मंगला–मालिका र धवलागिरि गाउँपालिका जोड्ने सडक खण्ड मर्मतपछि मङ्गलवार बेलुकीदेखि सञ्चालनमा आएको हो । 

बेनी नगरपालिका ४ तातोपानी नजिकै घुमाउने भिर तथा मालिका गाउँपालिका ६ मा रहेको बाङ्गे पहिरो भन्ने ठाउँमा सडक माथिबाट खसेको पहिरोले सडक बन्द भएको थियो । बन्द सडक प्रहरीको पहलमा सरोकारवाला निकायसँग आवश्यक समन्वय गरी खुलाइएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । 

सडकभन्दा माथिबाट खसेको ढुङ्गा र लेदो माटोसहितको थुप्रोलाई हटाइएपछि अहिले बेनी–दरबाङ सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक (इन्स्पेक्टर) वीरेन्द्रराज गुरुङले बताउनुभयो । बन्द सडक सञ्चालनमा आएपछि बीच बाटोमा रोकिएका गाडी आ–आफ्नो गन्तव्यतर्फ लागेका छन् भने सर्वसाधारणलाई पनि आवतजावत गर्न सहज भएको छ । 

यसैगरी हिमालपारिको जिल्ला मुस्ताङलाई जोड्ने राष्ट्रिय राजमार्ग बेनी–जोमसोम सडक खण्ड भने अझै बन्द छ । यो सडक खण्ड अन्तर्गत म्याग्दीको अन्नपूर्ण ३ दानामा रहेको रुप्सेखोला र जलथलेमा खसेको ढुङ्गा–माटोको थुप्रोलाई हटाएर सडक सञ्चालनमा ल्याइए पनि रघुगंगा ३ राहुघाटमा सडक बन्द छ । बन्द सडक खुलाउने प्रयास भइरहेको प्रहरी निरीक्षक गुरुङले जानकारी दिनुभयो । 

७६ किलोमिटर दुरीको बेनी–जोमसोम सडक अन्तर्गत बेनी–गलेश्वर खण्डको जलेश्वर, रघुगंगा १ बेगखोला, रघुगंगा ३ राहुघाट, अन्नपूर्ण २ भूरुङ तातोपानीको नैनीबगर, अन्नपूर्ण ३ दानाको रुप्सेखोला

काभ्रभीरमा वर्षाले पटक–पटक सडक बन्द हुने गरेको छ । सडक बन्द हुँदा मालवाहक गाडी, एम्बुलेन्स, बिरामी बोकेका गाडी तथा सर्वसाधारणले सास्ती भोग्दै आइरहेका छन् । 

यसैबीच मध्यपहाडी लोकमार्ग अन्तर्गत बेनी–पोखरा सडक खण्डको पर्वतको कुश्मा नगरपालिका ८ चुवामा फेरि पहिरो खसेर सडक बन्द भएको छ ।  

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया