नेपालगञ्ज उपमहानगरपालिकामा नागरिकता लगायतका सिफारिस नि:शुल्क

 भदौ १२, २०७५ मंगलबार १८:०:५१ | गोविन्द शर्मा
unn.prixa.net

बाँके – नेपालगञ्ज उपमहानगरपालिकाले नागरिकता लगायतका अन्य सिफारिस निःशुल्क  गर्ने निर्णय गरेको छ । 

पहिले १५ रुपैयाँ रहेको नागरिकता शुल्क वृद्धि गरेर एकसय रुपैयाँ र फर्मको थप १० रुपैयाँ लिने गरिएकोमा अबदेखि नागरिकता सिफारिस निःशुल्क  गर्ने कार्यपालिका बैठकले निर्णय गरेको कार्यबाहक मेयर प्रमोद रिजालले जानकारी दिनुभयो ।

यसैगरी स्वास्थ्य उपचार सिफारिस निःशुल्क गर्ने निर्णय भएको छ । नगरकार्यपालिकाले वैदेशिक बाहेक अन्य छात्रवृत्ति सिफारिस पनि निःशुल्क गर्ने निर्णय गरेको छ । 

आम नागरिकको राय सुझावका आधारमा नागरिकता लगायतका केही सिफारिस निःशुल्क  गर्ने निर्णय गरिएको कार्यवाहक मेयर रिजालले बताउनुभयो । 

बाँकेका स्थानीय तहले नागरिकता सिफारिसको दस्तुर एकाएक वृद्धि गरेपछि नागरिकहरुले चर्को आलोचना गरेपछि खजूरा गाउँपालिकाले वृद्धि गरेको सिफारिस शुल्क घटाएको छ । 

यसैगरी सडकमा पार्किङ गरे वापत् अब कुनै पनि शुल्क नलिइने भएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाले सडकमा पार्किङ गरे वापत् सर्वसाधारणसँग शुल्क लिने तयारी गरेपनि अहिलेलाई स्थगित गरेको जनाएको छ । 

उपमहानगरपलिकाले नगरका ५० ठाउँमा पार्किङ्गस्थल तोकेर शुल्क लिने तयारी थालेकोमा नगरवासीबाट त्यसको सकरात्मक प्रतिक्रिया नआएपछि उपमहानगरपालिकाले शुल्क नउठाउने निर्णय गरेको हो ।
 
सबैखाले यातायातका साधन मार्किङसहितको पार्किङस्थलमै व्यवस्थापन गर्ने गरि जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई जिम्मेवारी दिइएको छ ।  

सडकको नाला छाडेर निश्चित सडक क्षेत्र पार्किङ्गका लागि व्यवस्था गरिएको छ । नगरका १९ ठाउँमा कार, जीप र २८ ठाउँमा मोटरसाइकलका लागि पार्किङ्ग क्षेत्र छुट्याइएको उपमहानगरपालिकाले जनाएको छ । 


बैठकले राँझा विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउन जग्गा खोजी गरी अधिग्रहण गर्न र नगरमा रहेका केही सरकारी भवन उपमहानगरपालिकालाई हस्तान्तरण गर्न वडा नं १० का अध्यक्ष विन्दु भुषण बस्नेतको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ ।

यस्तै धम्बोझीमा आकाशे पूल (फलाई ओभर) को  डिपीआर निर्माण गर्न सूचना आह्वान गर्ने पनि निर्णय गरिएको छ ।  

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया