कैलालीको मोहना नदीमा बाढी : नारायणी, कर्णाली, महाकालीलगायत नदीमा पनि पानीको बहाव बढ्ने

 असार ३१, २०७८ बिहिबार १०:३१:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै – कैलालीमा रहेको मोहना नदी मालाखेतीमा जल सतहले सतर्कता तह पार गरेकाले तटीय क्षेत्र तथा डुबान भइरहने होचा ठाउँमा दिउँसोसम्म नै सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । 

यस्तै महाशाखाका अनुसार आज नारायणी, कर्णाली, महाकाली, तिनाउ, पश्चिम राप्ती र बबई नदीका केही सहायक नदीमा पानीको बहाव बढ्ने छ । केही साना नदीमा आकस्मिक बहाव भइ सतर्कता तह आसपाससम्म पुग्न सक्ने भएकाले तटीय तथा डुबान भइरहने क्षेत्रमा सतर्कता अपनाउन भनिएको छ ।

प्रदेश १ काे इलाम, झापा, माेरङ, सुनसरी, धनकुटा, पाँचथर, उदयपुर, साेलुखुम्बु, सङ्खुवासभा, ओखलढुङ्गा र खाेटाङका नदीमा बहाव केही बढ्ने र केहीमा आकस्मिक बहाव हुने सक्ने बाढी पूर्वानुमान महाशाखाकाे अनुमान छ ।

यस्तै प्रदेश २ काे महाेत्तरी, धनुषासहित वाग्मती प्रदेशकाे दाेलखा, सिन्धुली, सिन्धुपाल्चाेक, रसुवा, धादिङ, नुवाकाेट, काठमाण्डाै, चितवन, मकवानपुरका नदीमा पनि बहाव बढ्न सक्ने महाशाखाले जनाएकाे छ ।

गण्डकी प्रदेशकाे गाेरखा, लमजुङ, तनहुँ, नवलपुर, स्याङ्जा, कास्की, म्याग्दी, बाग्लुङ, पर्वतसहित लुम्बिनी प्रदेशकाे परासी, पाल्पा, गुल्मी, अर्घाखाँची, प्युठान, राेल्पा, रुकुम पूर्व, दाङ, बाँके, बर्दियाका नदीमा पनि बहाव बढ्न सक्ने महाशाखाकाे अनुमान छ । 

यस्तै कर्णाली प्रदेशकाे रुकुम पश्चिम, जाजरकाेट, दैलेखसहित सुदूरपश्चिम प्रदेशकाे दार्चुला, बैतडी, डडेल्धुरा, डाेटी, अछाम, कैलाली, कञ्चनपुर आसपास जिल्ला भइ बग्ने ससाना नदीमा बहाव केही बढ्न सक्ने हुँदा सतर्कता अपनाउन महाशाखाकाे आग्रह छ । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया