इलाम र बझाङका मतदान केन्द्रसम्म सार्वजनिक गाडी चलाउन पाइने
बैशाख १५, २०८१ शनिबार
काठमाडौं, वैशाख २१ – नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला पक्राउ पर्नुभएको छ ।
महासंघको शुक्रबार घर ग्यारेजमा सवारी थन्काउने कार्यक्रम थियो भने गृहमन्त्री रामबहादुर थापाले यातायात सेवा ठप्प पार्ने व्यवसायीहरुलाई पक्राउ गर्ने आदेश दिनुभएको थियो ।
उहाँलाई रिपोर्टर्स क्लब नेपालको साक्षात्कार कार्यक्रममा भाग लिन आउँदा क्लबको कार्यालय परिसरबाटै पक्राउ गरिएको हो ।
सादा पोशाकमा आएका प्रहरीले सिटौलालाई पक्राउ गरेर महानगरीय प्रहरी परिसर टेकुमा लगेको छ । क्लबमा आउनुअघि उनले क्लबका अध्यक्ष ऋषि धमलालाई टेलिफोन गरेर पक्राउ पर्ने सम्भावना भएकाले कार्यक्रममा आउँ कि नआउँ भनेर सोधेका थिए ।
सरकारी निकायका सरोकारवाला पनि साक्षात्कारमा आउने जानकारी पाएपछि उहाँ रिपोर्टर्स क्लबमा जानभएको थियो ।