माइक्रोसफ्टमा साइबर आक्रमणकाे आरोप निराधार रहेको चीनको स्पष्टोक्ति

 साउन ५, २०७८ मंगलबार १४:४४:० | एजेन्सी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै – चीनले माइक्रोसफ्ट कम्पनीमा साइबर आक्रमण गरेको भनेर आफूमाथि लगाइएको आरोप निराधार भएको बताएको छ ।

बेलायत, अमेरिका र युरोपेली युनियनले माइक्रोसफ्टकाे सर्भरमाथि आक्रमण गरेर चीनले ३० हजारभन्दा बढी संस्थाको विवरण चोरी गरेको आरोप लगाएपछि चीनले त्यसको प्रतिवाद गरेको हो । चीनको संयुक्त सुरक्षा मन्त्रालयले विश्वको स्थिरता र सुरक्षालाई प्रभावित पार्ने गरी पश्चिममा देशले आरोप लगाएको बताएको छ ।

पश्चिमा देशहरूले चीनमाथि एकै पटक धेरै संस्थामा आक्रमण गरेर व्यक्तिगत विवरण र बौद्धिक सम्पत्ति चोरी गरेको आरोप लगाएका छन् । चीनले यसअघि लगाइँदै आएका साइबर आक्रमणका आरोपलाई पनि कडाइका साथ अस्वीकार गर्दै आएको छ ।

अमेरिका, बेलायत र युरोपियन युनियनले चिनियाँ रक्षा मन्त्रालयले समेत जासुसी गर्दै आएको आरोप लगाएका छन् । यो आरोपपछि चीन र पश्चिमा देशबीच तनाव बढ्न सक्ने सङ्केत देखिएको छ । 

चीनले सबै प्रकारका साइबर अपराधको विरुद्धमा आफू दृढ रहेको बताउँदै आएको छ । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया