१३ दिनपछि खुल्यो बेनी–जोमसोम सडक

 साउन ५, २०७८ मंगलबार १९:१४:४३ | प्रताप बानियाँ
unn.prixa.net

सडक खुलेपछि गन्तव्यतर्फ लाग्दै सवारी साधन

म्याग्दी – हिमालपारिको जिल्ला मुस्ताङलाई जोड्ने राष्ट्रिय राजमार्ग बेनी–जोमसोम सडक खण्ड मङ्गलवार (आज) देखि फेरि सञ्चालनमा आएको छ । पहिरो खसेर १३ दिनदेखि बन्द सडक मर्मतपछि पूर्ण रुपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । 

सडकभन्दा माथिबाट खसेको ढुङ्गा, माटो र गेगरसहितको पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङले बताउनुभयो । बेनी–जोमसोम सडक खण्ड अन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका ३ राहुघाट, अन्नपूर्ण ३ दानाको रुप्से छहरा र काभ्रे भिरमा पहिरो खसेर सडक बन्द भएको थियो । राहुघाट क्षेत्रमा बन्द सडक खुलाउन डोजर प्रयोग गरिएको हो । 

यसैगरी पश्चिम म्याग्दी हुँदै ढोरपाटन–जलजला भएर रुकुम जोड्ने बेनी–दरबाङ सडक खण्ड पनि फेरि सञ्चालनमा आएको छ ।    

दुवै सडक खुलाउन प्रहरीले सरोकारवाला निकायसँग आवश्यक समन्वय गरेको थियो । सडक सञ्चालनमा आएपछि बीच सडकमै रोकिएका सवारी साधन गन्तव्यतर्फ लागेका छन् । 

७६ किलोमिटरको बेनी–जोमसोम सडक खण्ड अन्तर्गत बेनी–गलेश्वर खण्डको जलेश्वर, रघुगंगा १ बेगखोला, रघुगंगा ३ राहुघाट, अन्नपूर्ण २ भूरुङ तातोपानीको नैनीबगर, अन्नपूर्ण ३ दानाको रुप्सेखोला र काभ्रे भिरमा वर्षाले पटक–पटक सडक बन्द हुँदै आएको छ ।   

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया