फेरि बन्द भयो बेनी–जोमसोम सडक

 साउन ७, २०७८ बिहिबार २०:२४:३३ | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी – हिमालपारिको जिल्ला मुस्ताङलाई जोड्ने राष्ट्रिय राजमार्ग बेनी–जोमसोम सडक फेरि बन्द भएको छ । अविरल वर्षाका कारण सडक खण्डको विभिन्न ठाउँमा पहिरो खसेर फेरि बन्द भएको हो । 

यसअघि पहिरोले बन्द भएको बेनी–सोमसोम सडक १३ दिनपछि गएको मङ्गलवारदेखि सञ्चालनमा आए पनि बिहीबार (आज) बिहानैदेखि फेरि बन्द भएको छ । उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिका ३ राहुघाट, अन्नपूर्ण ३ रुप्से छहरा र जलथलेमा रहेको सडकभन्दा माथिबाट ढुङ्गा, माटो र लेदोसहितको पहिरो खसेर सडक फेरि बन्द भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

बन्द सडक खुलाउन प्रहरीले सरोकारवाला निकायसँग आवश्यक समन्वय गरिरहेको प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) वीरेन्द्रराज गुरुङले बताउनुभयो । ७६ किलोमिटरको बेनी–जोमसोम सडक खण्ड पहिरोका कारण बन्द भएपछि गाडी बीच सडकमै रोकिएका छन् ।   

यस्तै पश्चिम म्याग्दी हुँदै जलजला–ढोरपाटन भएर रुकुम जोड्ने बेनी–दरबाङ सडक खण्ड पनि फेर बन्द भएको छ । सडक माथिबाट खसेको पहिरोले बिहीवार बिहानैदेखि बेनी–दरबाङ सडक बन्द भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारीसमेत रहनुभएका प्रहरी निरीक्षक गुरुङले जानकारी दिनुभयो ।  

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया