पहिरोले थुनिएको म्याग्दीको गुर्जा खोलामा बिस्तारै पानी बग्न थाल्यो

 साउन १०, २०७८ आइतबार ५:४७:५१ | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी - पहिरोले थुनिएको म्याग्दीको गुर्जा खोलामा बिस्तारै पानी बग्न थालेको छ । थुनिएको खोलामा थोरै पहिरो हटाएर पानी बग्न थालेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका १ गुर्जामा पर्ने खास्टा पहाडबाट पहिरो खसेर गुर्जाखोला थुनिएको थियो । 

गुर्जाखोला म्याग्दी खोलामा मिसिने भएकाले पहिरो खसेर खोला थुनिएपछि हिजो माइकिङ्ग गरी खोलाको तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन र सुरक्षित रहन अनुरोध गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङले बताउनुभयो । खोला बग्न थालेपछि जोखिम कम भएको उहाँको भनाइ छ ।

यसैबीच ढुङ्गा, माटो र लेदोसहित आएकाे पहिरोले बन्द भएको म्याग्दी र मुस्ताङ जोड्ने सडक पुनः सञ्चालनमा आएको छ । पहिरोले अवरुद्ध बनेको बेनी–जोमसोम, बेनी–दरबाङ र बेनी–बाग्लुङ सडक खण्ड पहिरो पन्छाएपछि खुलेको प्रहरी निरीक्षक गुरुङले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया