टोकियो ओलम्पिकमा चीनको अग्रता कायमै

 साउन ११, २०७८ सोमबार ६:१३:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - टोकियो ओलम्पिकमा चीनको अग्रता कायमै छ । चीनले अहिलेसम्म ६ स्वर्ण र एक रजतसहित कुल ११ पदक जितेको छ । ओलम्पिकमा जापानले चीनलाई पछ्याइरहेको छ । 

जापानले अहिलेसम्म पाँच स्वर्ण र एक रजत गरी ६ पदक जितेको छ । यस्तै, अमेरिका चार स्वर्णसहित १० वटा पदक जितेर तेस्रो स्थानमा छ । 

दक्षिण कोरियाले दुई स्वर्णसहित पाँच पदक जितेको छ भने रसियन ओलम्पिक कमिटी, इटली, अस्ट्रेलिया, फ्रान्स, हङ्गेरी, ट्युनिसियाले एक/एक स्वर्ण जितेका छन् । त्यसैगरी अस्ट्रिया, इक्वेडर,इरान, कोशोभो, नर्वे, थाइल्यान्ड र उज्वेकिस्तानले पनि एक/एक स्वर्ण पदक जितेका छन् । 

नेपालबाट चार खेलमा पाँच खेलाडी टोकियो ओलम्पिकमा सहभागी भएकामा अब पौडीका गौरिका सिंह र एलेक्स शाह तथा एथलेटिक्सकी सरस्वती चौधरीले प्रतिस्पर्धा गर्न बाँकी छ ।

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया