दिल्लीमा आजदेखि पूर्ण क्षमतामा मेट्रो रेल र सार्वजनिक बस चल्ने

 साउन ११, २०७८ सोमबार ९:३:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - भारतको दिल्लीमा आजदेखि पूर्ण क्षमतामा मेट्रो रेल र सार्वजनिक बस चल्ने भएका छन् । 

सिट क्षमताअनुसार आजदेखि मेट्रो रेल र सार्वजनिक बस चल्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यसअघि क्षमताभन्दा ५० प्रतिशत मात्रै यात्रु राखेर सञ्चालन हुँदै आएको थियो । 

यस्तै, दिल्लीमा आजदेखि सपिङ मल पनि खुल्दै छ । बिहान १० बजेदेखि राति ८ बजेसम्म मल खोल्न अनुमति दिइएको छ । 

यस्तै, थिएटर र सिनेमाघर ५० प्रतिशत क्षमतामा खुलाउन पाइनेछ ।  कोरोना भाइरसको सङ्क्रमण केही नियन्त्रणमा आएकाले यी क्षेत्रमा लागेको प्रतिबन्ध हटाइएको खबरमा उल्लेख छ ।  
 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया