सुनको भाउ तीन सय रुपैयाँले घट्यो

 साउन १२, २०७८ मंगलबार १२:३:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - आज सुनको भाउ घटेको छ । सुन हिजो तोलाको ९२ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । 

आज तीन सय रुपैयाँले घटेर ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, आज चाँदीको भाउ स्थिर रहेको छ । 

हिजो चाँदी तोलाको १२ सय ७० रुपैयाँमा बिक्री भएकोमा आज पनि त्यही मूल्यमा कारोबार भइरहेको छ । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया