टोकियो ओलम्पिकमा जापानलाई पछि पार्दै अमेरिका शीर्ष स्थानमा

 साउन १२, २०७८ मंगलबार १२:१५:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - टोकियो ओलम्पिकमा जापानलाई पछि पार्दै अमेरिका शीर्ष स्थानमा पुगेको छ । 

अमेरिकाले आठ स्वर्ण, ३ रजतसहित १९ पदक जितेको छ । यस्तै, आठ वटै स्वर्ण जितेको जापान दोस्रो स्थानमा छ । जापानले आठ स्वर्ण र दुई रजतसहित १३ पदक जितेको छ । यस्तै, तेस्रो स्थानमा रहेको चीनले ७ स्वर्ण र पाँच रजतसहित १९ पदक जितेको छ ।

यस्तै, रसियन ओलम्पिक कमिटीले पाँच स्वर्ण र सात रजतसहित १५ पदक जितेको छ । कमिटी तालिकाको चौथो स्थानमा छ । त्यसैगरी चार स्वर्ण र पाँच रजतसहित १० पदक जितेको बेलायत पाँचौँ स्थानमा छ भने अस्ट्रेलिया तीन स्वर्णसहित छैटौँ स्थानमा छ । 

प्रतियोगितामा दक्षिण कोरियाले तीन स्वर्ण जितेको छ भने कोसोभोले दुई, इटली, हङ्गेरी, ट्युनिसिया, क्रोयसिया, स्लोभानिया, अस्ट्रिया, बर्मुडा, इक्वेडर, हङकङ, इरान, नर्वे, फिलिपिन्स, थाइल्यान्ड र उज्वेकिस्तानले एक/एक स्वर्ण जितेका छन् । 

यसैबीच, नेपालका पौडी खेलाडी एलेक्जेन्डर शाह (एलेक्स) ले आज पुरुषको एक सय मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्दैछन् । उनको खेल नेपाली समय अनुसार दिउँसो पौने ४ बजे हुनेछ । पौडीकै गौरिका सिंहले भोली खेल्दै छन् । 

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया