सहकारी प्रकरणमा मुछिएका दीपेश पुन धराैटी बुझाएर रिहा
बैशाख १४, २०८१ शुक्रबार
काठमाण्डाै – जापानमा चलिरहेकाे टोकियो ओलम्पिकमा नेपालका पौडी खेलाडी अलेक्जेन्डर शाह एलेक्सले हिट चरण पार गरेका छन् । पुरुषको एक सय मिटर फ्री स्टाइलमा नयाँ राष्ट्रिय कीर्तिमान कायम गर्दै एलेक्सले हिट चरण पार गरेका हुन् ।
एलेक्सले ५३ दशमलव ४१ सेकेन्डको समयमा एक सय मिटरकाे दुरी पार गरे । यसअघि उनकै नाममा ५५ दशमलव ३८ सेकेन्डको राष्ट्रिय कीर्तिमान रहेको थियो ।
एक सय मिटर फ्री स्टाइलमा प्रतिस्पर्धामा ७१ जना खेलाडीमध्ये एलेक्स ५९ स्थानमा रहन सफल भए । उनी सेमिफाइलन पुग्नबाट भने चुकेका छन् ।
पौडीकै गौरिका सिंहले भोलि बुधवार खेल्दै छिन् । यसअघि नेपालका शुटिङ र जुडोका दुई जना खेलाडी प्रारम्भिक चरणबाटै बाहिरिएका छन् ।