म्याग्दी : कालीगण्डकी नदी दाेहन, उत्खनन गर्ने एक्स्काभेटर र ट्र्याक्टर प्रहरीकाे नियन्त्रणमा

 साउन १३, २०७८ बुधबार २०:२९:४० | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी – कालीगण्डकी नदी दोहन तथा उत्खनन गर्ने एक्स्काभेटर र ट्र्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बुधवार कालीगण्डकीकाे स्थलगत अनुगमन गर्ने क्रममा म्याग्दीको बेनी नगरपालिका १ रत्नेचौरको नदी किनारबाट एक्स्काभेटर र ट्र्याक्टर नियन्त्रणमा लिइएको हो ।   

सुरक्षा निकायले अनुगमनका क्रममा अवैध रूपमा नदी दोहन गर्ने काममा प्रयोग भएको एउटा एक्स्काभेटर र ध १ त ५८० नम्बरको ट्र्याक्टरलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

कालीगण्डकी नदी दाेहन गरेकाे र अनधिकृत रूपमा नदीजन्य पदार्थ उत्खनन गरेको पाइएकाले एक्स्काभेटर र ट्र्याक्टरलाई नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक (इन्स्पेक्टर) वीरेन्द्रराज गुरुङले बताउनुभयो । 

कालीगण्डकी नदी धार्मिक, ऐतिहासिक तथा पर्यावरणीय महत्त्व भएकाले स्थानान्तरण गर्ने, रिजर्भवायल बनाउने, प्रदूषण गर्ने, नदीजन्य पदार्थ निकाल्ने, शालिग्राम चोरी, निकासी तथा पर्यावरण प्रतिकूल हुने गरी कार्य नगर्नू/नगराउनू भनी सर्वोच्च अदालतबाट उत्प्रेषण आदेश जारी भएको छ । 

यस्तो अवस्थामा आउँदा दिनमा निगरानी बढाइ अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन तथा चोरी, निकासीलाई थप कडाइका साथ कार्यान्वयन गरिने जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारीसमेत रहनुभएका प्रहरी निरीक्षक गुरुङले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया