मेलम्ची सराेकार समितिद्वारा नगरपालिका कार्यालय घेराउ

 साउन १७, २०७८ आइतबार १९:१०:२१ | किरण थापा
unn.prixa.net

फाइल फाेटाे

सिन्धुपाल्चाेक – मेलम्ची सरोकार समितिले मेलम्ची नगरपालिकाको कार्यालय घेराउ गरेको छ । बाढी गएको ४७ दिन भइसक्दा पनि पालिका सरकारले चासो नदेखाएकाले आन्दोलन गर्नुपरेको सरोकार समितिले जनाएको छ ।

पालिका सरकारको उदासीनताका कारण आन्दोलनमा उत्रनुपरेको मेलम्ची पुनर्स्थापना अभियानका अभियन्ता सागरकुमार श्रेष्ठले बताउनुभएको छ ।

यही असार १ गते आएको बाढीले हेलम्बु र मेलम्चीमा ठूलो मात्रामा मानवीय तथा भौतिक क्षति पुगेको थियो । मेलम्ची सरोकार समितिले पनि मेलम्ची पुनर्स्थापनाकाे काम गरिरहेकाे थियाे । तर हिजाे शनिवार रातिदेखि आएकाे बाढीका कारण काम रोकिएको छ ।

हिजोको बाढीले मेलम्ची बजारवासीमा थप त्रास थपेको छ । खोलाले धार परिवर्तन गरिरहेकाले उनीहरू त्रसित बनेका हुन् । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

किरण थापा

किरण थापा सिन्धुपाल्चाेकका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया