डोटीमा निषेधाज्ञाको अवधि एक हप्ता थपियो

 साउन १८, २०७८ सोमबार १३:२६:१६ | रासस
unn.prixa.net

डोटी - डोटीमा निषेधाज्ञाको अवधि एक हप्ता थप गरिएकाे छ । ​

रोजगारीका लागि विशेषत भारतका विभिन्न सहर जाने र  फर्किने क्रममा काेराेना सङ्क्रमण फैलिन सक्ने भन्दै जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको बैठकले गएकाे वैशाखदेखि लागू गरिएको निषेधाज्ञाको समयावधि यही साउन २४ गतेसम्मका लागि बढाउने निर्णय गरेको हो 

अत्यावश्यक कामबाहेक निषेधाज्ञा उलङ्घन गर्ने व्यक्तिलाई कानुनबमोजिम कारबाही गरिने निमत्त प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिनुभयो । जिल्लामा निषेधाज्ञाको समयावधि थप गरिएको यो नवौँ पटक हो । 

केन्द्रले आन्तरिक सार्वजनिक गाडी सञ्चालन गर्न, बिहान ६ बजेदेखि राति ८ बजेसम्म पसल खोल्न र बैंक तथा वित्तीय संस्थाका हकमा प्रत्येक दिन बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गर्न दिने निर्णय गरेको छ ।

विकास निर्माणका काम र त्यसमा प्रयोग हुने  गाडी मापदण्डअनुसार सञ्चालन गर्न पाउने भएका छन् । निषेधाज्ञाको अवधिमा होटेल, रेष्टुरेन्ट, सैलुन, ब्युटीपार्लर, जीम हल सञ्चालन गर्न र भीडभाड हुने कुनै पनि किसिमका कार्यक्रम पनि गर्न नपाइने जारी  सूचनामा उल्लेख छ । 

डाेटीमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार ४०० भन्दा बढी पुगेको र यसबाट अहिलेसम्म ११ जनाले ज्यान गुमाइ सकेका छन् ।

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया