खोप लगाएका र ‘भ्यालिड रेसिडेन्सी भिसा’ भएकाहरुका लागि आजदेखि यूएईमा प्रवेश खुल्ला

 साउन २१, २०७८ बिहिबार ८:०:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - संयुक्त अरब इमिरेट्स यूएईले कोरोनाविरुद्धको खोप लगाएका नेपालीलाई आजदेखि प्रवेश खुला गरेको छ । यूएईले आजदेखि लागू हुने गरी प्रवेश खुला गरेको आबुधाबीमा रहेको नेपाली दूतावासले जनाएको छ । त्यस्तै यूएईको भिसा भएका तर खोप नलगाएका व्यक्तिलाई ४८ घण्टाको पीसीआर नेगेटिभ रिपोर्ट अनिवार्य गरिएको छ ।

यूएईको सरकारी निकायमा कार्यरत व्यक्ति, यूएईमा कार्यरत स्वास्थ्यकर्मी, यूएईका विद्यालय तथा विश्वविद्यालयका शिक्षक, यूएईमा उपचार चलिरहेका व्यक्ति, विशेष मानवीय परिस्थिति भएका व्यक्तिले प्रवेश पाउनेछन् । उनीहरूले यूएई सरकारको अनुमति भने लिनुपर्नेछ ।

त्यसरी यूएई प्रवेश गर्नेका व्यक्तिको हकमा नेपालको विमानस्थलमा र्यापिड टेस्ट हुने, यूएईका विमानस्थलमा अवतरण भएपछि पीसीआर परीक्षण हुने, क्वरेण्टीन लगायतका अरु स्वास्थ्य मापदण्डको पालना गर्नुपर्ने दूतावासले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया