‘हामी सरकारमा जाने सम्भावना नै छैन, हामी एउटै पार्टीमा छौँ, एमालेमा छौँ’

 साउन २१, २०७८ बिहिबार १९:२३:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एमालेका नेता रघुजी पन्तले नेपाल पक्ष सरकारमा जाने कुनै सम्भावना नभएको बताउनुभएको छ । एमालेको नेपाल पक्षका केन्द्रीय सदस्यहरूको बैठकका बारेमा जानकारी दिँदै उहाँले यस्ताे बताउनुभएको हो । 

नेता पन्तले भन्नुभयाे, ‘हामी सरकारमा जाने सम्भावना नै छैन । हामी एउटै पार्टीमा छौँ । एमालेमा छौँ । प्रतिपक्षमा छौँ ।’

बैठकमा वरिष्ठ नेता नेपालले सहमतिका निम्ति वार्तामा अझै पनि सामेल भएको भन्दै एकता आफ्नो इच्छा र चाहना भएको बताउनुभएको नेता पन्तले जानकारी दिनुभयो । 

यस्तै वरिष्ठ नेता नेपालले कोरोनाविरुद्धको खोपको व्यवस्था गरेर सबै नागरिकलाई लगाउनुपर्नेमा सरकारको ध्यानाकर्षण गराउनुभयो । त्यस्तै बाढी, पहिरो पीडित नागरिकलाई गाँस, बासको व्यवस्था गर्दै मृतकको परिवारलाई क्षतिपूर्ति दिन र दार्चुलाका जयसिंह धामी बेपत्ता प्रकरणको यथार्थ जानकारी बाहिर ल्याउनुपर्नेमा पनि वरिष्ठ नेता नेपालले सरकारलाई आग्रह गरेको नेता रघुजी पन्तले बताउनुभयो । 

आजको बैठकमा दश जनाभन्दा धेरै केन्द्रीय सदस्यले आ–आफ्नो धारणा राखेको नेता पन्तले जानकारी दिनुभयो । बैठक भोलि शुक्रवार बिहान साढे ११ बजे फेरि बस्ने उहाँले बताउनुभयो ।  

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया