लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आज : मुख्यमन्त्री पोखरेलविरुद्धको अविश्वास प्रस्ताव टेबल हुने

 साउन २७, २०७८ बुधबार ९:०:५५ | भवानीप्रसाद पाण्डे
unn.prixa.net

फाइल तस्बिर

रुपन्देही – लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आज सुरु हुँदैछ । मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध विपक्षी गठबन्धनले दर्ता गराएको अविश्वासको प्रस्तावमाथि छलफल गर्न दिउँसो एक बजे प्रदेशसभाको बैठक बस्न लागेको हो । लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले साउन २१ गते प्रदेशसभाको विशेष अधिवेशन आजका लागि आह्वान गर्नुभएको थियो ।

नयाँ मुख्यमन्त्रीका रुपमा विपक्षी गठबन्धनले माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीलाई प्रस्ताव गरेको छ । केसी शंकर पोखरेल नेतृत्वको सरकारमा गएको बैशाख ६ गतेसम्म आन्तरिक मामिला तथा कानुन मन्त्री रहनुभएको थियो ।

लुम्बिनीमा एमालेसँग ३८ जना सदस्य छन् । गठबन्धनमा नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका १८, जसपाका ३ र राष्ट्रिय जनमोर्चाका १ गरी ४१ जना सदस्य छन् । प्रदेश सभा सदस्य सन्तोष पाण्डेय, कल्पना पाण्डेय र विजय यादवलाई जसपाले गरेको कारबाही सर्वाेच्चले सदर गरी दिएपछि प्रदेशसभा ८० सदस्यीय बनेको छ । भौतिक पूर्वाधार मन्त्री सन्तोष पाण्डेयले हिजो बेलुका पदबाट राजीनामा दिनुभएको छ । 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया