विश्वविद्यालयका परीक्षा दिने विद्यार्थीलाई आजैदेखि खोप : सरकार

 साउन २८, २०७८ बिहिबार ७:२७:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - विश्वविद्यालयका विभिन्न संकाय र तहमा परीक्षा दिने विद्यार्थीलाई आजैदेखि खोप दिन सुरु गरिने सरकारले जनाएको छ ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका खोप शाखा प्रमुख डाक्टर झलक गौतमकाअनुसार झण्डै ६० हजार विद्यार्थीलाई खोप दिने गरी तयारी भएको छ । सबै स्वास्थ्य निर्देशनालय, प्रदेश तथा जिल्ला स्वास्थ्य कार्यालयहरुलाई खोपको व्यवस्था गर्न भनिएको र काठमाण्डौमा आजदेखि विद्यार्थीलाई खोप लगाउन सुरु गरिने उहाँले उज्यालोलाई जानकारी दिनुभयो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको हिजो बसेको सचिवस्तरीय बैठकले त्रिभुवन विश्वविद्यालय लगायत अरु विश्व विद्यालयका परीक्षामा सहभागी हुने विद्यार्थीहरुलाई कोरोना विरुद्धको खोप दिने निर्णय गरेको थियो ।

खोप लगाउने विद्यार्थीले अनिवार्य रुपमा प्रवेश पत्र साथमा लैजानु पर्नेछ । त्रिविले अहिले स्नातक र स्नातकोत्तर तहको परीक्षा सञ्चालन गरिरहेको छ भने अरु विश्वविद्यालयका पनि परीक्षा सञ्चालन भैरहेका छन् ।

नेपालमा अहिलेसम्म २८ लाख ८८ हजार ३ सय ६० जनाले कोरोनाविरुद्ध पूर्णखोप लगाएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १० लाख ८३ हजार ४ सय ३ जनाले भेरोसेल खोपको पूर्ण मात्रा लगाएका छन् । यस्तै, ५ लाख ९७ हजार ८ सय १९ जनाले कोभिसिल्ड र १२ लाख ७ हजार १ सय ३८ जनाले जोन्सन एन्ड जोन्सन खोपको पूर्ण मात्रा लगाएका छन् ।

नेपालमा अहिले कोभिसिल्ड, भेरोसेल र जोनसन एन्ड जोनसनकाे खोप उपयोगमा आएको छ । अहिलेसम्म ४५ लाख ७० हजार ५ सय ५३ जनाले खोपको पहिलो मात्रा लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया