खाेप र अक्सिजन ग्यास उत्पादन गर्ने उद्याेगले छुटसहित विभिन्न सुविधा पाउने

 साउन २८, २०७८ बिहिबार ८:४४:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - कोभिड–१९ तथा सङ्क्रामक रोगविरुद्धको खोप उत्पादन गर्ने उद्योग र तरल अक्सिजन ग्यास उत्पादन गर्ने उद्योगले राष्ट्रिय प्राथमिकता प्राप्त क्षेत्रका उद्योगसरह सुविधा पाउने भएका छन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गर्दै यस्ता उद्योगलाई प्राथमिकता प्राप्त उद्योगसरह राख्दै विभिन्न छुट दिने जनाएको हो । अहिले राष्ट्रिय प्राथमिकता प्राप्त क्षेत्रका उद्योगले आधार दरमा कर्जा प्राप्त गरेका छन् भने कोरोनाका कारण ब्याज पूँजीकरण सुविधा, परियोजनामा आधारित कर्जा, विशेष पुनःकर्जाको दरमा सहुलियत कर्जा पाइरहेका छन्।

कोभिड–१९ लगायत सङ्क्रामक रोगविरुद्धको खोप (भ्याक्सिन) उत्पादन गर्ने र लिक्विड अक्सिजन उत्पादन गर्ने उद्योग स्थापनाका लागि आधार दरमा कर्जा, ब्याज पूँजीकरण सुविधा, परियोजनामा आधारित कर्जा, विशेष पुनःकर्जाको दरमा सहुलियतपूर्ण कर्जा तथा कर्जा नवीकरण सुविधा उपलब्ध गराइने छ ।

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया