छोरीको घर गएका वृद्ध मृत अवस्थामा भेटिए

 भदौ १४, २०७५ बिहिबार १८:५४:२६ | उषा तामाङ
unn.prixa.net

दोलखा – दोलखाको कालिन्चोक गाउँपालिका वडा नम्बर–६ मा बिहीबार एक वृद्ध मृत अवस्थामा फेला परेका छन् । 

मृत अवस्थामा फेला परेका वृद्ध कालिन्चोक गाउँपालिका वडा नम्बर–५ स्थायी ठेगाना भएका ७५ वर्षीय मन बहादुर थामीे भएको इलाका प्रहरी कार्यालय सिंगटिका प्रहरी निरीक्षक नरेश मल्लले जानकारी दिनुभयो । 

वडा नम्बर–६मा रहेको छोरीको घर गएका थामी घरमा फर्कने क्रममा बिहीबार बिहान ८ बजे मृत अवस्थामा फेला परेका हुन् । मृतक थामीको टाउको र गर्दनमा चोट देखिएको प्रहरीले जनाएको छ ।

शवलाई पोष्टमार्टमका लागि चरिकोट ल्याइएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

उषा तामाङ

उज्यालोका दोलखा सहकर्मी उषा तामाङ कालीञ्चोक एफएममा पनि कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया