अझै पूर्ण रुपले सञ्चालनमा आएन पूर्व-पश्चिम राजमार्ग

 भदौ १२, २०७८ शनिबार ८:४२:४६ | दयाराम आचार्य
unn.prixa.net

नवलपरासी - लगातारकाे वर्षापछि आएकाे बाढीले डाइभर्सन बगाएर बन्द भएको पूर्व-पश्चिम राजमार्ग अझै सहज रुपमा सञ्चालनमा आउन सकेको छैन ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व ) नवलपुरको गैँडाकोट-२३ स्मृति नजिक बिहीवार राति डाइभर्सन बगाएपछि बन्द भएको पूर्व-पश्चिम राजमार्ग अझै सहज रुपमा सञ्चालनमा आउन नसकेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व नवलपुरका सूचना अधिकारी मधुसुदन सिंहले बताउनुभयो ।

करिब २९ घण्टापछि मर्मत गरेर आज बिहान २ बजेदेखि गाडी सञ्चालनको प्रयास गरे पनि गाडीहरू सहज रुपमा वारपार हुन नसकेको सिंहले बताउनुभयो । डाइभर्सन निर्माण गरिएको भए पनि गाडीहरू दलदल र हिलोमा फस्दा सञ्चालनमा कठिनाइ भएकाे हाे ।

कतिबेलाबाट पूर्ण रुपमा गाडी सञ्चालन हुन सक्छ भन्ने एकिन नभएकाे उहाँले बताउनु भयाे । थुम्सी र भेडाबारी क्षेत्रका अन्य डाइभर्सन भने मर्मत गरिएको उहाँले बताउनु भयाे। लामो समयदेखि राजमार्ग बन्द हुँदा यात्रुहरूलाई समस्या भएको छ ।

यस्तै नवलपुरको विनयी त्रिवेणीमा रहेकाे दाउन्नेमा पहिरो खसेर बन्द भएको राजमार्ग भने पहिरो पन्छाएर एकतर्फी रुपमा सञ्चालनमा आएकाे छ । 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दयाराम आचार्य

नवलपरासी सुस्ता पूर्वका उज्यालो सहकर्मी दयाराम आचार्य स्थानीय एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया