इङ्ग्लिस प्रिमियर लिग : आर्सनलको खराब यात्रा रोकिएन, सिटीसँग पाँच गोलले पराजित

 भदौ १२, २०७८ शनिबार १९:४९:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले खराब यात्रा कायमै राखेको छ । यो सिजनका सुरुका दुई वटा खेल हारेको आर्सनल आज पनि म्यानचेस्टर सिटीसँग पराजित भएको छ।

सिटीले आर्सनललाई ५–० को फराकिलो अन्तरले हरायो । सिटीका लागि फरान टोरेसले २ तथा ग्याब्रियल जिसस, रोड्री र गुण्डोगानले १/१ गोल गरे । आर्सनलका साकाले ३५ औं मिनेटमा रातो कार्ड पाएपछि उ १० खेलाडीमा सीमित भएको थियो।

आजको जितसँग सिटी ७ अङ्कसहित शीर्ष स्थानमा पुगेको छ, तीन खेलमा अङ्क जोड्न नसकेको आर्सनल पुछारमा झरेको छ ।

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया