एमसीसी संसदमा टेबल भएपछि आवश्यक निर्णय गर्छाैँ : उपमहासचिव विष्णु पौडेल

 भदौ २३, २०७८ बुधबार ११:५४:४ | भवानीप्रसाद पाण्डे
unn.prixa.net

रुपन्देही – नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले सरकारले संसदमा एमसीसी टेबल गरेपछि तत्काल आवश्यक निर्णय गर्ने बताउनुभएको छ । बुटवलमा भएको पत्रकार सम्मेलनमा पार्टीका उपमहासचिव पौडेलले एमसीसीका विषयमा एमालेमा समस्या नरहेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो,‘पहिला संसदमा एमसीसी टेबल हुन दिनुस्, त्यसपछि निर्णय हुन्छ ।’ 

फरक प्रसङ्गमा उपमहासचिव पौडेलले एमाले विभाजन नभएर काँचुली फेरेको पनि बताउनुभयो । माधवकुमार नेपालको नेतृत्वमा विचार र आदर्शको भन्दा अवसर र लोभका लागि केही व्यक्ति मिलेर समूह निर्माण भएको उहाँको टिप्पणी छ ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया