ज्ञानेन्द्र मल्ल ४५ रनमा आउट, नेपालले तीन विकेट गुमायाे

 भदौ २५, २०७८ शुक्रबार १८:५:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – पपुवा न्युगिनीसँगको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाली पुरुष टोलीले अहिले ब्याटिङ गरिरहेको छ ।

अल अमिरात क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालको तेस्रो विकेटको रूपमा कप्तान ज्ञानेन्द्र मल्ल आउट भएका छ । ६९ बलमा ४५ रन बनाएका ज्ञानेन्द्र अर्धशतकबाट पाँच रनले चुके । उनी चाद सोपरको बलमा एलबीडब्ल्यू आउट भए ।

अहिले क्रिजमा विनोद भण्डारी आएका छन् । यसअघि कुशल भुर्तेल र आसिफ शेख तीनतीन रनमा आउट भए । रोहित पौडेल ६१ बलमा ३३ रन बनाएर खेलिरहेका छन् ।   

यसअघि पहिलाे खेलमा नेपाल दुई विकेटले विजयी भएकाे थियाे ।  

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया