पूर्व मुख्यमन्त्री पोखरेल विरुद्ध शरीर बन्धककाे जाहेरी

 भदौ ३०, २०७८ बुधबार ९:२८:२५ | भवानीप्रसाद पाण्डे
unn.prixa.net

फाइल फाेटाे

रुपन्देही – लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री शंकर पोखरेलका विरुद्ध अपहरण तथा शरीर बन्धकसम्बन्धी किटानी जाहेरी परेको छ । 

प्रदेश सभा सदस्य बिमला वली खत्रीले पोखरेल सहित एमालेका प्रमुख सचेतक भूमिश्वर ढकाल, पोखरेलको सचिवालयका तिरण गौतम र एमाले दाङका नेता मानबहादुर रावत विरुद्ध हदैसम्मको कारबाहीको माग गर्दै किटानी जाहेरी दिनुभएको हो ।

गत साउन १५ गते देखि ५ दिन सम्म पोखरेल मुख्यमन्त्री हुँदा दाङबाट ल्याएर बन्धक बनाएकोले शरीर बन्धकसम्बन्धी कानुन अनुसार कारबाहीको माग गर्दै वली खत्रीले किटानी जाहेरी दिनुभएको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले प्रदेश सभा सदस्य ओलीले किटानी जाहेरीका लागि पत्र बुझाउनु भएको पुष्टि गर्नुभएको छ । तर प्रहरीले भने घटना दाङबाट सुरु भएकाले दाङमै जाहेरी दर्ता गर्ने प्रतिबद्धता सहितको पत्र दिइएको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी मदन कुँवरले बताउनुभयो ।  

तर, दाङ प्रहरीले भने उजुरी आइनसकेको बताएको छ । सांसद ओली र माओवादी केन्द्रका प्रमुख सचेतक बसन्त घर्तिमगर जाहेरी लिएर इलाका प्रहरी कार्यालय बुटवल पुग्नु भएको थियो ।

उजुरी अनुसार कसुर ठहर भएमा पोखरेल सहित ४ जनालाई ७ देखि १० वर्ष कैद र ७० हजार देखि १ लाख रुपैयाँ सम्म जरिबाना हुने मुलुकी अपराध संहिता २०७४ मा उल्लेख छ ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया