बुटवलका मेयरलाई आफ्नै कार्यकर्ताले मुक्का हाने

 असोज ४, २०७८ सोमबार १५:४७:८ | भवानीप्रसाद पाण्डे
unn.prixa.net

रुपन्देही – बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीलाई आफ्नै पार्टीका कार्यकर्ताले मुक्का प्रहार गरेका छन् । बुटवल उपमहानगरपालिका ३ ज्योतिनगरमा गएको पहिरो अवलोकनका लागि जानुभएका मेयर सुवेदीमाथि अनेरास्ववियुका जिल्ला कमिटी सदस्यसमेत रहनुभएका गणेश पंगेनीले मुक्का प्रहार गरेको प्रहरीले बताएको छ ।

पहिरो पिडितका समस्यालाई बेवास्ता गरेको र कामभन्दा अवलोकनमै ध्यान दिएको भन्दै मुक्का हानेको पंगेनीले बताउनुभएकाे छ । प्राविधिकसहितको टोली लिएर मेयर सुवेदी पहिरो गएको क्षेत्रमा जानुभएका बेला घटना भएको उपमहानगरपालिकाले बताएको छ । 

गएकाे भदौ १३ गते पहिरो खस्दा ज्योतिनगरमा दुई दर्जन घरमा क्षति पुगेको थियो । आजको पहिरोले त्यहाँ थप नाै घरमा क्षति पुर्‍याएकाे छ । 

उपमहानगरपालिकाका मेयर सुवेदी एमाले रुपन्देही जिल्ला कमिटीका अध्यक्षसमेत हुनुहुन्छ । सुवेदीमाथि मुक्का प्रहार भएको घटनाको एमाले बुटवल उपमहानगर कमिटीले निन्दा गरेको छ । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया