बुटवलका मेयरलाई मुक्का हान्ने गणेश पङ्गेनी पक्राउ

 असोज ५, २०७८ मंगलबार ९:३०:३ | भवानीप्रसाद पाण्डे
unn.prixa.net

रुपन्देही - बुटवल उपमहानगरपालिका मेयर शिवराज सुवेदीलाई मुक्का हानेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बुटवल-३ ज्योतिनगरका स्थानीय बासिन्दा समेत रहेका अनेरास्ववियुका जिल्ला सदस्य गणेश पङ्गेनी रहेका छन् ।

ज्योतिनगरमा पहिरो गएपछि प्राविधिक टाेली लिएर अनुगमनका लागि गएका बेला आइतवार मेयर सुवेदीलाई पङ्गेनीले मुक्का प्रहार गरेका प्रहरीले बताएको छ ।

पहिरो पीडितलाई सहयोग गर्नु र साथ दिनुको साटो अनुगमन मात्रै गरिरहेकाले मुक्का प्रहार गरेको पङ्गेनीले बताएका छन् । मेयर सुवेदी एमाले रुपन्देहीका अध्यक्ष पनि हुनुहुन्छ ।

पक्राउ परेको पङ्गेनीलाई शान्ति सुरक्षा तथा दुर्व्यवहार सम्बन्धी मुद्दा चलाएर कारबाही गरिने इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक मदन कुँवरले बताउनु भयो ।

गएकाे भदौ १३ गते ज्योतिनगरमा पहिरो खस्दा दुई दर्जन घरमा क्षति पुर्याएकाे थियो । आइतवार पनि त्यही ठाउँका सात घर पुरिएका छन् ।

२०५५ सालमा याे ठाउँमा पहिलो पटक पहिरो गएको थियो । त्यतिबेला ५७ घर पुरिएका थिए । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया