नेपालमा काेराेना सङ्क्रमण दर ६ प्रतिशतमा झर्‍याे

 असोज १०, २०७८ आइतबार १६:३४:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालमा कोरोना भाइरसको सङ्क्रमण दर ६ प्रतिशतमा झरेको छ । पछिल्लो २४ घण्टामा परीक्षण गरिएका नमुनामध्ये ६ दशमलव ०७ प्रतिशतमा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

१३ हजार सात सय ३६ जनाको नमुना परीक्षण गर्दा आठ सय ३४ जनामा सङ्क्रमण पुष्टि भएको हो । योसहित नेपालमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या आठ लाख ८१ हजार नौ सय ३९ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा एक हजार दुई सय ७९ जना निकाे भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ६१ हजार एक सय ५४ पुगेको छ ।

यही अवधिमा थप नौ जना काेराेना सङ्क्रमितकाे ज्यान गएसँगै नेपालमा कोरोना सङ्क्रमणका कारण अहिलेसम्म ११ हजार ९६ जनाले ज्यान गुमाएका छन् ।

अहिले नेपालमा १९ हजार एक सय ४२ जना सक्रिय सङ्क्रमित रहेकामा तीन सय ६८ जनाको आईसीयू र एक सय २० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा एक लाख दुई हजार तीन सय एक मात्रा कोरोनाविरुद्धको खोप लगाइएको छ । योसहित नेपालमा कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा लगाउनेको सङ्ख्या ६० लाख ३६ हजार चार सय एक र एक मात्रा लगाउनेको सङ्ख्या ६६ लाख नौ हजार दुई सय ३३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया