धनुषामा अज्ञात व्यक्तिद्वारा गोली प्रहार, एकजना गम्भीर घाइते

 भदौ १९, २०७५ मंगलबार ८:२८:५८ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा – अज्ञात व्यक्तिले गोली प्रहार गर्दा एकजना गम्भीर घाइते भएका छन् । गोली लागेर लक्ष्मीनियाँ गाउँपालिका वडा नम्बर १ का ३५ बर्षिय संजय शर्मा गम्भीर घाइते हुनुभएको छ ।

दाहिनेतर्फ पेटमा गोली लागेको शर्माको जनकपुर अञ्चल अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारको लागि काठमाडौं लगिएको छ ।

सोमबार राति साढे ९ बजेको समयमा शर्मा दाजुभाई मोटरसाइकलमा जनकपुरबाट घर फर्किरहेको बेला जनकपुर ढल्केवर सडक खण्डको लक्ष्मीनियाँ बाजार नजिक अज्ञात व्यक्तिले गोली प्रहार गरेको प्रहरीले जनाएको छ । मोटरसाईकलमा आएका हतियारधारीले गोली प्रहार गरी फरार भएका छन् ।

घटनाका विषयमा अनुसन्धान भैरहेको र गोली प्रहार गर्ने व्यक्तिको खोजी भैरहेको धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया