सुनको भाउ तोलामा तीन सय रुपैयाँ बढ्याे

 कात्तिक ४, २०७८ बिहिबार १२:४३:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सुनको भाउ तोलामा तीन सय रुपैयाँ बढेको छ ।

सुनकाे भाउ आज तोलामा ९१ हजार ७ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलामा ९१ हजार ४ सय रुपैयाँ तोकिएको थियो ।

चाँदीको भाउ पनि आज तोलामा २५ रुपैयाँ बढेर तोलाको १२ सय ६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया