हजुरबुवाबाट बलात्कृत बालिकाका बुवा सम्पर्कविहीन

 भदौ १९, २०७५ मंगलबार १६:४०:३७ | गोविन्द शर्मा
unn.prixa.net

बाँके – बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ५ मा १३ वर्षीया नातिनीलाई बलात्कार गर्ने हजुरबुवालाई कडा कारबाहीको माग गर्दै महिलाहरुले निरन्तर प्रदर्शन गरिरहँदा पीडित बालिकाका बुवा भने सम्पर्कविहीन भएका छन् । 

बालिकाको न्यायका लागि उनकी आमा, दिदी र मावलीतर्फका आफन्त तथा स्थानीय बासिन्दा प्रदर्शनमा उत्रिरहँदा घटना सार्वजनिक भएपछि खबर गरिएका बुवा भने हालसम्म पनि सम्पर्कमा नआएको बालिकाका आफन्तले जनाएका छन् । 

कोहलपुरमा १३ वर्षीया छोरी र १० वर्षीय छोरालाई हजुरबुवा र हजुरआमाको जिम्मा लगाएर आमा बाबु भने जिल्लाबाहिर व्यवसाय गर्दै आएका थिए । 

बालिका केही दिनअघि मामाघर दाङको तुलसीपुर पुगेको समयमा बिरामी भएपछि उपचारका क्रममा चिकित्सकले यौनशोषणमा परेको हुन सक्ने बताउँदै परीक्षण गरेपछि घटना सार्वजनिक भएको हो । बालिकाले हजुरबुवाले आफूलाई तीन वर्षदेखि बलात्कार गरेको जानकारी गराएपछि मावलीतर्फका आफन्तले भैरहवा र काठमाडौंका अस्पतालमा स्वास्थ्य परीक्षण गराउँदा यौन शोषणमा परेको सार्वजनिक भएपछि घटनाबारे बालिकाका बुवालाई जानकारी गराएको बताएका छन् ।

बालिकाका मावलीतर्फका दाजुले नातिनीलाई बलात्कार गर्ने हजुरबुवालाई न्यायिक कारबाहीका लागि बालिकाको बुवालाई आफूहरुले अनुरोध गरे पनि हालसम्म बालिकाका बुवा सम्पर्कमा नआएको बताउनुभयो । 

बालिकाले  हजुरबुवाले आफूलाई बेहोस हुने औषधि सेवन गराएर निरन्तर बलात्कार गर्दै आएको भन्दै आप्mनी काकीलाई जानकारी गराए पनि घटना बाहिर नल्याउन काकीले उल्टै दबाब दिएको बयान दिएको आफन्तहरुले जनाएका छन् । 

यसैबीच बालिकाका आमा सहित मङ्गलबार जिल्ला प्रशासन कार्यालय पुगेको महिला अधिकारकर्मी र महिला नेतृहरुको टोलीले बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेलको ध्यानाकर्षण गराएको छ । 

नातिनी बलात्कारको घटनामा संलग्न हजुरबुवालाई पक्राउ गरिएको भए पनि सार्वजनिक नगरिएको भन्दै महिला अधिकारकर्मीले तत्काल सार्वजनिक गर्न र कडा भन्दा कडा कारबाहीको माग गरेका छन् । 

ज्ञापनपत्र बुझेपछि प्रमुख जिल्ला अधिकारी भुजेलले बलात्कारमा संलग्न व्यक्ति पक्राउ परिसकेको भन्दै पीडकलाई कुनै पनि हालतमा उन्मुक्ति नहुने बताउनुभयो । 

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक अरुण पौडेलले घटनालाई प्रहरीले गम्भीरताका साथ लिएर अनुसन्धान सुरु गरिरहेको बताउनुभयो । 

‘लिखित जाहेरी दर्ता हुनुभन्दा अघि नै प्रहरीले आरोपीलाई पक्राउ गरी ५ दिन म्याद थप गरी अनुसन्धान गरिरहेको छ’, , एसपी पौडेलले भन्नुभयो, ‘बालिकालाई न्याय दिलाउन प्रहरी लागिपरेको छ ।’ 

उहाँले निष्पक्ष अनुसन्धान हुने भन्दै कुनै पनि खालको दबावमा  प्रहरी नपर्नेतर्फ ढुक्क हुन आग्रह गर्नुभयो । 

महिला नेतृ वसन्ती अधिकारीले  बालिका बलात्कारमा संलग्न हजुरबुवालाई तत्काल सार्वजनिक गर्नुपर्ने आफूहरुको माग रहेको बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया