प्रहरी, सशस्त्र र अनुसन्धानमा अब कसैले कसैलाई ‘तँ’ भन्न नपाइने

 कात्तिक ५, २०७८ शुक्रबार १३:४१:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रहरी, सशस्त्र र अनुसन्धानमा बोलीचालीमा ‘सम्मानार्थी’ शब्द प्रयोग गर्नुपर्ने भएको छ । 

गृह मन्त्री बालकृष्ण खाणले तीन वटै सुरक्षा निकायलाई सङ्गठनमा बोलचालमा ‘सम्मानार्थी’ शब्द प्रयोग गर्न निर्देशन दिनुभएको हो । गृह मन्त्रीको निर्देशनअनुसार अबदेखि नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागमा जुनसुकै तहका कर्मचारीलाई बोलाउँदा ‘सम्मानार्थी’ शब्द प्रयोग गर्नुपर्ने भएको नेपाल प्रहरीका एआईजी विश्वराज पोखरेलले जानकारी दिनुभयो ।

गृह मन्त्रीले निर्देशन दिने कार्यक्रममा गृह सचिव टेकनारायण पाण्डे, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, नेपाल प्रहरीका एआईजी पोखरेललगायत सहभागी हुनुहुन्थ्यो । अब सङ्गठनमा कसैले कसैलाई ‘तँ’ भन्न मिल्दैन ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया