टी–२० विश्वकप क्रिकेट : भारत र पाकिस्तान तथा बङ्ग्लादेश र श्रीलङ्का खेल्दै

 कात्तिक ७, २०७८ आइतबार ११:४०:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत आज दुई खेल हुँदैछन् । सारजाहमा आज भारत र पाकिस्तान तथा बङ्ग्लादेश र श्रीलङ्काबीच खेल हुने छ ।

भारत र पाकिस्तानबीचको खेल राति पौने ८  बजे सुरु हुनेछ । भने श्रीलङ्का  बङ्ग्लादेश दिउँसो पौने ४ बजे खेल्नेछन् ।

भारत र पाकिस्तानबीच लामो समयबाट राजनीतिक तनाव रहँदै आएको छ । जसको असर खेल क्षेत्रमा समेत देखिने गरेको छ । भारत र पाकिस्तानबीचको क्रिकेट खेललाई एक अर्काको प्रतिष्ठासँग जोडेर समेत हेरिने गरिएको छ ।

सन् २०१९ को एक दिवसीय विश्वकपपछि भारत र पाकिस्तानबीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो । 
 

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया