थप ७ सय ७६ जनामा काेराेना पुष्टि, ५ सय १ जना सङ्क्रमणमुक्त

 कात्तिक ८, २०७८ सोमबार १६:५८:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पछिल्लो २४ घण्टामा सात सय ७६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट गरेको परीक्षणमा ६ सय ७३ जना र एन्टिजेन विधिबाट गरेको परीक्षणमा एक सय तीन जना गरी सात सय ७६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

गएको २४ घण्टामा १० हजार आठ सय ६४ जनाको नमुना परीक्षण भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । आज थपिएकासहित नेपालमा पीसीआर विधिबाट गरेको परीक्षणमा आठ लाख नौ हजार सात सय २९ जना र एन्टिजेन विधिबाट गरेको परीक्षणमा ९४ हजार एक सय १८ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा पाँच सय एक जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ८८ हजार आठ पुगेको छ ।

यही अवधिमा १३ जना सङ्क्रमितकाे ज्यान गएकाे छ । योसहित कोरोना भाइरसका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार तीन सय ६१ पुगेको छ ।

अहिले नेपालमा १० हजार तीन सय ६० जना सक्रिय सङ्क्रमित रहेकामा दुई सय ५४ जनाको आईसीयू र ७४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ५७ हजार ६ सय १० जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया