फालेको सामानबाट चिटिक्कका सामान

 भदौ २०, २०७५ बुधबार ११:२७:३५ | उज्यालो सहकर्मी

फोहोर भनेर फालिएको वस्तुबाट आकर्षक सरसामान बनाउन सकिन्छ भन्ने कुरा कमैलाई मात्र थाहा छ । फेरि प्रयोग गर्न मिल्ने सामानलाई फोहोर भनेर फाल्ने धेरैको बानी हुन्छ ।

तर यस्तै फोहोर जम्मा पारेर पुनःप्रयोगमा ल्याउने र आकर्षक सामान बनाउनेहरु पनि छन् । यस्तै मध्येमा पर्नुहुन्छ, बाँकेको नेपालगञ्जका श्यामानन्द सिंह । उहाँ फोहोर कागज, प्लाष्टिक, बोतल लगायतका सरसामान जम्मा गर्ने गर्नुहुन्छ ।

आफ्नै घरमा उहाँले आफूले बनाएको सरसामानको आर्ट ग्यालरी बनाउनुभएको छ र जो कोही पनि आएर यसको अवलोकन गर्न सक्छन् । उहाँ नेपालगञ्जको नाम चलेको कलाकार हुनुहुन्छ । फालिएका कागज, प्लाष्टिक र बोतलबाट आकर्षक सरसामान बनाएर उहाँले सबैको मन लोभ्याउनुभएको छ ।

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया