धनुषामा टिप्परको ठक्करबाट दुईजनाको मृत्यु

 भदौ २०, २०७५ बुधबार १२:२०:३४ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत धनुषाधाम नगरपालिका–९ धारापानीमा बुधबार बिहान १० बजे टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको घटनास्थलमै ज्यान गएको हो ।

पश्चिमबाट पुर्वतर्फ जादै गरेको ना १ प ६१८९ नम्बरको टिप्परले स ५ प ९०४६ नम्बरको मोटरसाइकललाई अभरटेक गर्ने क्रममा किचेको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।  

मृतकको अहिलेसम्म पहिचान भइसेकेको छैन । शवलाई पोष्टमार्टमकालागि जनकपुर अञ्चल अस्पतालमा ल्याउने तयारी भैरहेको ट्राफिक प्रहरी कार्यालय धनुषाले जनाएको छ । ठक्कर दिने टिप्पर र चालकलाई इलाका प्रहरी कार्यालय धारापानीले नियन्त्रणमा लिएको छ ।

यस अघि गएको साउन २६ गते जनकपुर ढल्केवर सडक खण्डमको महेन्द्र नगरमा बा ८ ख ११७० नम्बरको टिप्परले धनुषाधाम नगरपालिका– ५ नौ सय बिघाका २६ वर्षीय उमेश दासको ज्यान लिएको थियो ।
 
पछिल्लो समय धनुषामा टिप्पर आतंक बढ्दै गैरहेको छ । तीव्र गतिमा टिप्पर कुदाउँदा  सडकमा आवत–जावत गर्ने अन्य सवारी साधन र यात्रुहरुलाई आवागमन गर्नसमेत असहज हुने गरेको छ । 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया