धादिङमा मिनी ट्रक दुर्घटना हुँदा दुई जनाको ज्यान गयो

 कात्तिक १७, २०७८ बुधबार १०:३६:३९ | सिताराम अधिकारी
unn.prixa.net

धादिङ - धादिङको धुनिबेसी नगरपालिका वडा नम्बर १ मा गएराति मिनी ट्रक दुर्घटना हुँदा दुई जनाको ज्यान गएकाे छ । 

दुर्घटनामा ज्यान गुमाउनेमा धुनिबेसी नगरपालिका वडा नम्बर १ की ५२ वर्षीया साइली तामाङ र ५५ वर्षीया रुमाल तामाङ रहेका जिल्ला प्रहरी कार्यालय धादिङका  प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी जागेश्वर भण्डारीले जानकारी दिनुभयो ।

दुर्घटनामा गम्भीर घाइते भएपछि उनीहरुलाई उपचारका लागि काठमाण्डौको स्वयम्भूमा रहेकाे मनमोहन मेमोरियल अस्पतालमा लगिएकाे थियाे । उनीहरुकाे उपचारकाे क्रममा ज्यान गएकाे हाे ।

कोल्पुबाट ककरेतर्फ जाँदै गरेको बा ४ ख ५८४८ नम्बरको मिनी ट्रक अनियन्त्रित भइ पल्टिएर दुर्घटनामा परेकाे थियो।

दुर्घटनामा अन्य सात जना घाइते भएका छन् । घाइतेहरुमध्ये दुई जनाको काठमाण्डाैकाे ट्रमा सेन्टरमा र पाँच जनाको मनमोहन मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।

 

अन्तिम अपडेट: कात्तिक ७, २०७९

सिताराम अधिकारी

धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया